Discover millions of ebooks, audiobooks, and so much more with a free trial

From $11.99/month after trial. Cancel anytime.

नेपालमा सेन वंशको इतिहास
नेपालमा सेन वंशको इतिहास
नेपालमा सेन वंशको इतिहास
Ebook316 pages1 hour

नेपालमा सेन वंशको इतिहास

Rating: 0 out of 5 stars

()

Read preview

About this ebook

नेपालमा सेन वंशको इतिहास: संक्षिप्त परिचय  

डा. नवराज सुब्बाद्वारा लिखित *नेपालमा सेन वंशको इतिहास* पुस्तकले नेपालका मध्यकालीन समयमा महत्वपूर्ण भूमिका खेलेका सेन राजाहरूको इतिहासलाई उजागर गर्दछ। यस पुस्तकमा सेन वंशको उत्पत्ति, विस्तार, शासन प्रणाली र सांस्कृतिक योगदानबारे विस्तृत अध्ययन गरिएको छ, विशेष गरी नेपाली राजनीतिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा उनीहरूको प्रभावलाई विशेष ध्यान दिइएको छ।  

यस पुस्तकमा ऐतिहासिक अभिलेख, शिलालेख, लोककथाहरू र अनुसन्धानहरूलाई आधार मानेर सेन राजाहरूको शासन, सैन्य रणनीति, र सामाजिक-आर्थिक प्रभावको विश्लेषण गरिएको छ। साथै, नेपालमा उनीहरूको राजनीतिक संरचनामा पारेको प्रभाव र छिमेकी राज्यहरूसँगको सम्बन्धबारे पनि चर्चा गरिएको छ।  

सरल र शोधमूलक शैलीमा लेखिएको यो पुस्तक इतिहासविद्, शोधकर्ताहरू र नेपालका समृद्ध ऐतिहासिक पक्षहरू जान्‍न चाहने पाठकहरूका लागि उपयोगी स्रोत बन्‍नेछ।  

Languageनेपाली
Release dateMar 11, 2025
ISBN9798227340832
नेपालमा सेन वंशको इतिहास

Read more from Dr. Nawa Raj Subba

Related to नेपालमा सेन वंशको इतिहास

Reviews for नेपालमा सेन वंशको इतिहास

Rating: 0 out of 5 stars
0 ratings

0 ratings0 reviews

What did you think?

Tap to rate

Review must be at least 10 words

    Book preview

    नेपालमा सेन वंशको इतिहास - Dr. Nawa Raj Subba

    प्राक्कथन

    सेन इतिहासका बारेमा विद्यालयदेखि नै पढियो तर कहाँ कमी भयो भने त्यसलाई जीवन र जगतसित तुलना र विश्‍‍लेषण गर्न ढिलाइ हुन गयो। हुन त यसका लागि समय, लगाव, अध्ययन, अनुभवको पनि उत्तिकै आवश्यकता पर्दछ। किरात लिम्बू संस्कृतिको अध्ययन गरेँ, फयङ साँबाको वंशावलीको पनि अध्ययन गरेर पुस्तक प्रकाशित गरिसकेँ। तर मनमा अझै केही कुरा खड्कि रह्यो। मलाई के महसुस भयो भने सेन वंशको अध्ययन बिना किरात लिम्बू खास गरी साँबा जातिको अध्ययन अधुरो नै हुने रहेछ।

    साँबा जातिको माङ्गेना यक अर्थात् लिङथाङ यक जहाँ साँबा थर विकास भएको मानिन्छ, त्यहाँ जनसहभागितामा हालसालै एक माङ हिम  (मन्दिर) भवन निर्माण भएको छ। लिम्बू जातिमा यसरी पूजास्थलमा मन्दिर बनाउने चलन पाइँदैन। किनभने लिम्बू जाति आफूलाई प्रकृतिपूजक मान्दछन् र कुनै पवित्र प्राकृतिक डाँडा काँडा वा कुनै बर वा पिपलको फेदमा कुनै ढुँगा थपना गरेर पूजाआजा गर्ने परम्परा छ। जहाँ घामपानीको पर्वाह गरिदैन र त्यहाँ जोसुकै जहिलेसुकै पनि गएर पूजाआजा गर्न खुला रहन्छ।

    यसरी चलिआएको किरात लिम्बू परम्परामा मन्दिर बनाउने चलन किन र कहिले आयो होला भनेर मेरो मनमा लामो समय खेलिरह्यो। अध्ययनका क्रममा थाहा भयो कि यसरी लिम्बू समुदायमा उनीहरूका देवता तागेरा निङ्वाभूमाङलाई मन्दिर स्थापना गरेर त्यहाँ फेदाङबाको ब्यवस्था गर्ने चलन सेनकालदेखि चलेको थियो (सुब्बा, १९९९)। यही परम्परालाई सम्झेर साँबा जातिले आफ्नो पुर्खाको थलोमा माङ हिम निर्माण गरेका हुन्।

    यस तथ्यलाई बल पुर्‍याउने थप प्रमाण पनि सोही निर्माण क्षेत्रमा अवस्थित फङफङे झरनाको गुफामा रहेको सेन वंशको धर्म र संस्कृति झल्काउने शिवलिङ्ग, त्रिशूलले पुष्टि गर्दछ। त्यसमाथि साँबा लगायतका लिम्बू जातिको उदभव सेन वंशसित गाँसिएको वंशावली पनि प्रकाशित भैसकेका छन् (सेन चबेगु वंशावली, २००७; योङहाङ वंशावली, २०११; लिङदेन सेन वंशावली, २०१०)। हालै प्रकाशित फयङ साँबा वंशावली २०८१ ले पनि फयङ साँबाको पूर्वज अभि सेन हुँदै चुडामणि सेन र क्रमसः साँबा सेरिङ थिए भनेर उल्लेख गरेको छ (सुब्बा, २०२४)।

    माथि उल्लिखित लिम्बू जातिका उत्पत्ति मुन्धुम र इतिहासमा उनीहरूका पुर्खाले विभिन्‍न लिम्बुवान क्षेत्रहरू छोटो समयमा नै कब्जामा लिएको र शासन गरेको पढ्न पाइन्छ। अव जिज्ञाशा उठ्छ, यो कसरी सम्भव भयो होला? यो कुरा सुन्दा अचम्म लागेको थियो, मुन्धुम कुनै दन्त्यकथा पढेजस्तो लाग्दथ्यो। तर सेन वंशको इतिहास खोतल्दै जाँदा थाहा हुन्छ कि सारमा मुन्धुमका ती कथा सही भए पनि त्यसभित्रको  कुरोको चुरो भने इतिहासले मात्र बताउँछ। वास्तवमा उनीहरू सेन शासनको प्रभाव बढाउँदै गएका सेन वंश रहेछन्। उनीहरू लिम्बुवान प्रवेश गरेपछि क्रमसः लिम्बू जातिसित सामाजिक र सांस्कृतिक रूपमा अन्तरघुलित हुँदै किरात लिम्बुवान क्षेत्रमा सेन प्रभाव विस्तार गरे। 

    यसकारण हामीले सेनकालीन इतिहाको अध्ययन गर्न जरूरी हुन्छ। हेर्दै जाँदा थाहा भयो कि पूर्वी नेपालमा १५ औँ देखि १८ औँ शताब्दीसम्म सेन शासनको प्रत्यक्ष प्रभाव थियो (सुब्बा,१९९९)। सेनहरूको लिम्बूवान प्रवेश १४ औँ शताब्दिबाटै भएको वंशावलीहरूले बताउँछन्। उनीहरूले नै लिम्बू महिलाबाट जन्मेका सन्तान तथा योग्य लिम्बू वंशका सदस्यलाई किरात सेन शासित प्रदेशका विभिन्‍न पद र अधिकार दिएर लिम्बुवान क्षेत्रमा शासन चलाएको इमानसिङ चेमजोङ लिखित किरात इतिहासले  जनाउँछ। यस क्रममा सेन र लिम्बू वंशबीच रक्तमिश्रण भएको देखिन्छ।

    जब गोरखालीले सेन शासित विजयपुर क्षेत्र र त्यस अन्तर्गतका लिम्बू शासित क्षेत्रलाई अधीनमा लियो तबसम्ममा सेन वंश किरात लिम्बूमा बिलय भैसकेको इतिहासले बताउँछ। यसरी ऐतिहासिक प्रमाणका आधारमा सेन र लिम्बू वंशबीच लामो समयको अन्तरालमा रक्तगत तथा सामाजिक र सांस्कृतिक अन्तरघुलन भयो।

    आज राजनीतिक हिसाबले चलेको पहिचानको अभियानमा अतीत अर्थात् सेनपूर्वको स्मरणले गर्दा कतिपय लिम्बूद्वारा अलग याक्थुङ इतिहासको सोच राख्नु स्वभाविक छ। यसमा राजनीतिक वा सामाजिक पूर्वाग्रहभन्दा माथि रहेर पैत्रिकता केलाउँदै जातीय ऐतिहासिक तथ्यहरू खोजेर प्राज्ञिक बहस हुनुपर्दछ र सोही आधारमा इतिहासलेखन हुनुपर्दछ। किनभने वैज्ञानिक युगमा प्रमाणमा आधारित विश्‍लेषणयुक्त अनुशीलनद्वारा पहिचानलाई सही ढङ्‍गले परिभाषित गर्नु समयको माग हो।

    किरात लिम्बू इतिहासले गोरखाली शासनद्वारा दमनको तीतो अनुभव संगालेको छ। नेपाल एकीकरण हुनुपूर्व, दौरान र उत्तरकालमा किरात लिम्बू भाषा, लिपि र संस्कृतिमाथि दमन भएका छन्। समुदायलाई सीमान्तिकरण गरिएका धेरै प्रमाण इतिहासमा दर्ज भएका छन्। मैले यहाँ माथि अलग इतिहास र संस्कृतिको वकालतलाई स्वभाविक मानेको त्यही आधारमा हो।

    यसलाई कुरा कोट्याएपछि केही तथ्यहरू नराख्दा पूर्वाग्रह देखिने हुनाले संक्षेपमा तथ्य राख्दैछु। मुलुकी ऐन १८५४ ले जातिप्रथालाई संस्थागत गरेर जनजातिलाई होच्याउने अनि गैर–नेपालीभाषीलाई किनारा लगाइदियो (हैंगेन, २०१०)। लिम्बू मुखियालाई किपट अधिकार थाम्नको लागि शाह–राणा शासनले नेपाली भाषा लादेर लिम्बू जातिको भाषिक विखण्डन गरिदियो (रेग्मी, १९९९)। तत्कालीन सरकारी शिक्षा प्रणाली (१८५०) ले पाठ्यक्रमबाट लिम्बू भाषा हटाएर नेपाली र अंग्रेजी भाषालाई मात्र मान्यता दियो। यति मात्र नगरेर लिम्बू भाषा लगायतका आदिवासी मातृभाषालाई ‘पिछडिएका भाषा’ वर्गीकरण गरेर विभेद गर्‍यो (बर्गहार्ट, १९८४)।

    राज्यले नेपाली भाषालाई लागु गर्ने नाममा लिम्बू भाषा र मुन्धुम परम्परा र संस्कृतिलाई अमान्य घोषित गरिदियो। भाषा प्रचार गर्दा दमन गर्‍यो (गेनज़ल, २०२१)। जातीय र भाषिक तथा सांस्कृतिक मारमा परेका आदिवासी किरात लिम्बू समुदायमा इमानसिंह चेमजोङले २० औँ शताब्दीमा किरात लिम्बू भाषा, इतिहास र संस्कृतिको खोजी र प्रचार गरे तर दुर्भाग्यवश यसबेलासम्ममा किरात लिम्बूको भाषिक र सांस्कृतिक परम्परा विश्रृङ्खलित रहेको र सम्पदामा खडेरी परिसकेको अवस्था थियो। आजको गणतान्त्रिक नेपालमा त्यसको क्षतिपूर्ति खोजिदैछ। यसलाई इतिहासको लामो कालको फ्रेममा राखेर घटनाक्रमहरु हेर्दा किरात लिम्बूको मनोविज्ञान बुझ्न कठिन छैन।

    किनभने यो घाऊ आज पनि दुखेको उनीहरूको चिन्तन र पहिचानसम्बन्धी देखिने ब्यवहारमा प्रतिबिम्बित हुन्छ। किरात लिम्बूमा मात्र हैन सेन वंशमा पनि यही नियति भोगिएको पाइन्छ। एक यूट्यूब अन्तर्वार्तामा नेपालका वरिष्ठ प्रशासक तथा अनुसन्धाता सूर्यबहादुर सेन ओलीले एक तथ्य खोलेका छन्।  ओलीका अनुसार उनका पुर्खा सेन वंश भएको र गोरखालीले सेनलाई परास्त पारेपछि सेन वंशको सफाया हुनबाट बच्न नौलो समुदायमा लुकेर वा छलिएर ‘अलप’ भएकाले ओली थर रहन गएको खुलस्त पारेका छन्। उनका पुर्खाले गोरखाली शासनमा जागिर नखान दिएको अर्तिका बाबजूत आफूले बाध्यतावश जागिर खाएको पनि जानकारी दिए।

    यसअघि भाषाशास्त्री बालकृष्ण पोखरेलसित उनले भेटघाटमा बातचित हुँदा आफ्नो पुर्खा मगर भएको बताएका थिए। उक्त तथ्य भाषाशास्त्री पोखरेलले ‘खस जातिको इतिहास’मा उल्लेख गरेका छन् (पोखरेल, १९९८)।

    यसबाट के थाहा हुन्छ भने राज्यविस्तारका क्रममा गोरखालीबाट पराजितलाई गरिएको दमनको चोट आज सेन वा मगरले मात्र हैन किरात लिम्बू समुदायले पनि भुलेका छैनन्। इतिहासका ती दागहरू कोट्याएर चित्त दुखाउँदा, कम्तीमा उनीहरूको इतिहास लेखनलाई जीवन्त बनाउन सहयोग पुगेको छ।

    आफूलाई सेन भनेर चिनाउनु त्यो कालमा चुनौतिपूर्ण भएर नै सूर्यबहादुर सेनका पूर्वजले ओली थर धारण गरे जस्तै किरात लिम्बूमा पनि सेनितको सम्बन्धलाई लुकाउने धारणा विकसित भएको अनुमान गर्नु गाह्रो पर्दैन। आज पनि कतिपय किरात लिम्बू आफ्ना पूर्वज सेन वंश भएको थाहा पाउँदा पनि उति गौरव गर्दैनन्। आफू दूर वा अलग भएको दावी गर्दछन्। यसका दुई कारण हुनसक्छन्– पहिलो, आफू अलग लिम्बू जाति भएको दावी गरेर राजनीतिक अधिकार कायम वा थप हासिल गर्नु खोज्नु र दोस्रो कारणमा, सेन वंशले किरात लिम्बू समुदायमा मात्र नभएर समग्र नेपालको धार्मिक, सांस्कृतिक क्षेत्रका सबै जाति र देशलाई गरेको योगदानबारे इतिहास पढ्न नपाउनु।

    धेरै लिम्बूजनलाई थाहा नहुनसक्छ, तत्कालीन समाजमा सेनहरूले लिम्बूलाई विभिन्द पद दिएर शासन गर्न वा प्रशासन चलाउन सिकाएका थिए। इतिहासकार चेमजोङका अनुसार सेन वंशले नै लिम्बू जातिलाई प्रशासनिक क्षमताको विकासमा सहयोग मात्र गरेनन् नेपालभित्रका खस र आराज्यको सम्बन्ध सुमधुर तुल्याइदिएका थिए (चेमजोङ, २००३)। नेपालका आदिवासी जनजाति र आर्यबीच सम्बन्ध बढाएर सामाजिक सांस्कृतिक जागरण जगाउने कार्यमा सेनहरूको ठूलो योगदान छ। सेनहरूले वास्तवमा आदिवासी जनजाति, खस, आर्य समुदायबीच सेतुको काम गरेको इतिहासले देखाउँछ। फलस्वरूप किरात लिम्बू समुदायको आफ्नो अस्तित्व र पहिचानलाई आज यो अवस्थामा ल्याइदिएका थिए। खास जातिलाई मात्र नभएर राज्यलाई नै गुन लगाएका सेन वंशप्रति अनजान रहनु इतिहासलाई अपमान गर्नु हो। यो कुरा किरात लिम्बू समुदायलाई मात्र नभएर कुनै पनि नेपालीलाई शोभनीय हुँदैन।

    यस लेखनको उद्देश्य सेन वंशको शासनकालले नेपालको समाजमा पारेको प्रभाव र उनीहरूको योगदान उजागर गर्नु हो। पुस्तकको पहिलो अध्यायलाई पृष्ठभूमिमूलक बनाइएको छ, जसमा यस पुस्तकको लेखन उद्देश्य, अध्ययन विधि र स्रोतबारे विस्तृत रूपमा उल्लेख छन्।

    संक्षेपमा, सेन वंशको अध्ययनलाई विभिन्‍न आयामबाट केलाएर एक अन्तरदृष्टि दिने प्रयास गरेको छु। आशा छ, नेपालको इतिहासमा रूची राख्ने पाठक, विद्यार्थी र अनुसन्धातालाई मेरो प्रयासले सहयोग पुगेमा म आफूलाई धन्य ठान्‍नेछु। धन्यवाद।

    डा. नवराज सुब्बा

    विराटनगर, नेपाल

    २०८१ साल

    सन्दर्भग्रन्थहरू

    Burghart, R. (1984). The formation of the concept of nation-state in Nepal. The Journal of Asian Studies, 44(1), 101–125. https://doi.org/10.2307/2056748

    Chemjong, I.S. (2003). History and Culture of the Kirat People.  Kirat Yakthung Chumlung. (Original work published in 1948)

    Genzel, M. (2021). Ancestral Voices: Language and Customs in the Limbu World. Routledge.

    Hagen, S.I. (2010). The Rise of Ethnic Politics in Nepal:  Democracy on the Shore. Routledge.

    Linden, R.  (2010). Kirteshwar Tsetchene Senehang Lingden Limbu History and Genealogy. Kathmandu.

    Regmi, M.C. (1999). Royal Gorkha: An Account of Gorkha Rule in Nepal.  Adroit Publishers.

    Pokharel, B.K. (1998). Khas Jatiko Itihas. Biratnagar, Udatt Anusandhan.

    Sen Chobegu, Bibi (2007). Kirat Senehang Limbu Genealogy. Kirat Thegim Genealogy Publications Society.

    Subba, T.B. (1999). Politics of Culture. Sangam Books.

    Subba, N.R. (2024). The Genealogy of Phyang Samba 2024, Biratnagar, Hamro Idea.

    Yonghang, B.B. (2011). Yonghang Bamsawali.  (B. R. Subba, ed.). Ilam. 

    पृष्ठभूमि

    सेन वंशको उत्पत्तिबारे विभिन्‍न ऐतिहासिक मतहरू छन्। केही अनुसन्धानकर्ताहरूका अनुसार, १३औं शताब्दीको इस्लामिक आक्रमण अघि उत्तरी भारतका केही क्षेत्रहरूमा शासन गर्नेमध्ये, बंगालमा शासन गरेको सेन राजवंशको वंशावली रहेको दाबी गरिएको छ (रेग्मी, १९७५)। अन्य इतिहासकारहरूका अनुसार, सेन राजाहरू स्वतन्त्र रूपमा नेपालका पूर्वी तराई तथा पहाडी भेगमा सत्तारूढ भएका थिए (स्टिलर, १९९३)। 

    मकवानपुर सेन शासनको प्रारम्भिक केन्द्र मानिन्छ, जुन तराई र पहाडबीचको व्यापार मार्ग नियन्त्रण गर्ने महत्त्वपूर्ण रणनीतिक स्थान थियो। मकवानपुरबाट सेन शासकहरूले विजयपुर र चौदण्डीसम्म आफ्नो शक्ति विस्तार गरेका थिए (शर्मा, २००१)। 

    1.  सेन इतिहास अध्ययनको औचित्य

    मध्ययुगीन युगमा समकालीन नेपाल र भारतका केही भागहरूमा शासन गर्ने सेन वंशको शासनलाई किरात लिम्बू, खस र आर्य जातिलगायत विभिन्‍न जातीय समुदायहरूको विकास र जारी अन्तरक्रियालाई बुझ्नको लागि एक महत्त्वपूर्ण ऐतिहासिक स्रोतको रूपमा चिनिन्छ। यस विश्‍‍लेषणले उक्त दाबीको ऐतिहासिक सन्दर्भ र प्रमाणलाई विचार गर्दछ र यस सवाललाई समर्थन गर्ने विद्वत्तापूर्ण प्रकाशनहरूको सन्दर्भ गर्दछ।

    ऐतिहासिक सन्दर्भमा सेन वंशको भावना

    एघारौं शताब्दीतिर उदय भएको सेन वंश पूर्वी नेपाल र भारतको वर्तमान बिहार र बङ्गालका केही भागहरूमा प्रभावशाली थियो। उनीहरूलाई प्रशासनिक क्षमता र सांस्कृतिक उन्नतिका लागि मान्यता दिइएको थियो, जसले विभिन्न जातीय समूहहरूलाई एकीकृत गर्न मदत गर्‍यो (रेग्मी, १९६५)। राजवंशको समयमा ठूलो मात्रामा बसाइँसराइ र सांस्कृतिक परिवर्तनहरू भए, जसले यस क्षेत्रको जातीय संरचना निर्धारण गर्‍यो।

    किरात लिम्बू र सेन वंश

    बृहत किरात समुदायका आदिवासी किरात लिम्बूको पूर्वी हिमालय क्षेत्रमा लामो इतिहास

    Enjoying the preview?
    Page 1 of 9